ललितपुर । जुवातास खेलिरहेको अवस्थामा ललितपुरको ढुङ्गेसाँघुबाट प्रहरीले चारजना पक्राउ गरेको छ ।
ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं. ४ ढुङगेसाँघु इमाडोलस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय अश्मिन केसी समेत ४ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ८ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।