Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

दैनिकी न्यूज

३, कार्तिक २०८३
ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
images

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

ओमानको अल अमिरात रंगशालामा हुने खेलमा नेपाली कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग–२ को अन्तिम खेलमा नेपाललाई छैटौँ स्थानमा पुग्न ओमानलाई हराउनैपर्ने दबाब छ । नेपाल पराजित भए सातौँ स्थानमै सीमित हुनेछ । यस्तो अवस्थामा क्यानडाले शीर्ष ६ मा स्थान सुरक्षित गर्नेछ ।

नेपालले यसअघि नै एकदिवसीय विश्वकप छनोट खेल्ने अवसर गुमाइसकेको छ । अब नेपालले प्लेअफ खेल्नेछ । नेपाल ३५ खेलबाट २८ अंक जोड्दै तालिकाको सातौँ स्थानमा छ । ओमान भने ३१ खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ । ओमानले एकदिवसीय विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

नेपालले प्रतियोगिताका सुरुआती दुई खेलमा ओमान र क्यानडालाई पराजित गरेको थियो । तर, पछिल्लो खेलमा क्यानडासँग हार बेहोरेको थियो ।

ओमानले पनि पहिलो खेलमा क्यानडालाई हराएको थियो । त्यसपछि भने नेपाल र क्यानडासँग पराजित भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक ३, २०८३ सोमवार - ११:१४:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology