Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

अफगानिस्तानलाई नेपालले चखायो हार, १६ बलअघि नै लक्ष्य पूरा

अफगानिस्तानलाई नेपालले चखायो हार, १६ बलअघि नै लक्ष्य पूरा

दैनिकी न्यूज

९, आश्विन २०८३
अफगानिस्तानलाई नेपालले चखायो हार, १६ बलअघि नै लक्ष्य पूरा
images

काठमाडौं । जापानमा जारी एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७।२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। नेपालले १६ बल बाँकी छँदै लक्ष्य पूरा गर्दै प्रतियोगितामा महत्वपूर्ण जित हात पारेको हो।

नेपालको जितमा सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे। उनले ३४ रन बनाए। रोहित पौडेलले ३३ रन जोड्दै नेपालको इनिङ्स सम्हाले।

कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए। कुशल मल्लले ९ रनको योगदान दिए। सुरुवाती क्रममा केही विकेट गुमाए पनि नेपाली ब्याटरले संयमित प्रदर्शन गर्दै लक्ष्य पूरा गरे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो। अफगानिस्तानका फैजल खान र निजाबुल्लाह जाद्रानले समान ३० रन बनाए।

अफगानिस्तानलाई कम योगफलमा रोक्ने क्रममा नेपालका बलरले प्रभावशाली प्रदर्शन गरे। कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट हात पारे।

बलिङमा अफगानिस्तानलाई दबाबमा राखेको नेपालले ब्याटिङमा पनि संयमित प्रदर्शन गर्‍यो। सन्दीप जोरा र रोहित पौडेलको महत्वपूर्ण साझेदारीपछि नेपालले सहज रूपमा लक्ष्य पूरा गर्दै ५ विकेटको जित निकालेको हो।

images
प्रकाशित मिति :आश्विन ९, २०८३ शुक्रवार - १५:२७:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology