Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी केन्द्र ललितपुर जिल्ला कमिटीले गर्यो केन्द्रीय नेताहरूसँग छलफल

माओवादी केन्द्र ललितपुर जिल्ला कमिटीले गर्यो केन्द्रीय नेताहरूसँग छलफल

दैनिकी न्यूज

९, मंसिर २०८१
माओवादी केन्द्र ललितपुर जिल्ला कमिटीले गर्यो केन्द्रीय नेताहरूसँग छलफल
images

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ललितपुर जिल्ला कमिटीसँग ललितपुर जिल्लाभित्र स्थायीरअस्थायी रूपमा बसोबास गर्ने केन्द्रीय नेताहरूसँग परिचयात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुरको सातदोबाटोमा शनिबार आयोजित उक्त कार्यक्रममा ललितपुरमा स्थायी तथा अस्थायी बसोबास गर्ने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरूङ, स्थायी समिति सदस्य जयपुरी घर्ती, वागमती प्रदेश अध्यक्ष सरल सहयात्री सहित ५० भन्दा बढी पार्टी केन्द्रीय सदस्य तथा सांसदहरूको उपस्थिति रहेको थियो ।

पार्टी नेताहरूले ललितपुरमा बसोबास गर्ने सबै केन्द्रीय नेतृत्वहरूले पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए । कार्यक्रममा ललितपुरको सांगठनिक अबस्था लगायत पार्टीले आगामी दिनमा लिनुपर्ने कार्याभारका बिषयमा मार्क्सवादी ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले प्रस्तुतिकरण गरेका थिए ।

ललितपुर जिल्ला ईन्चार्ज हरि दाहालद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रमको अध्यक्षता ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेलले गरेका थिए भने कार्यक्रम संचालन ललितपुर जिल्ला सचिव दिपक पुलामीले गरेका थिए। ललितपुरको जिल्ला र स्थानीय पार्टी कमिटीहरू ललितपुरमा बसोबास गर्ने केन्द्रीय नेतृत्वहरूको सल्लाह र सुझावमा पार्टी अभियान चलाउन आतुर रहेको भन्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - ०८:०८:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology