Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एकदिवसिय विश्वकप क्रिकेटको उपाधिको भारत र अस्ट्रेलिया भिड्दै

एकदिवसिय विश्वकप क्रिकेटको उपाधिको भारत र अस्ट्रेलिया भिड्दै

दैनिकी न्यूज

३, मंसिर २०८०
एकदिवसिय विश्वकप क्रिकेटको उपाधिको भारत र अस्ट्रेलिया भिड्दै
images

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दैछन्। खेल भारतीय राज्य गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ।

विश्वकप क्रिकेटको इतिहासमा भारत र अस्ट्रेलिया दोस्रोपटक उपाधिका लागि भिड्दैछन्। १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनल पुगेको भारत उपाधिका लागि तीव्र दबाबमा छ। ५ पटकको विश्वविजेता अस्ट्रेलियाले पनि उपाधिका लागि कुनै ‘कसर’ बाँकी राख्ने छैन।

भारतले हालसम्म २ पटक विश्वकपको उपाधि हात पारेको छ। सन् १९८३ मा वेस्ट इन्डिज र २०११ मा श्रीलंकालाई पराजित गर्दै भारतले विश्वकपको उपाधि हात पारेको थियो। अस्ट्रेलियाले भने १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि चुमेको थियो।

भारतले हालसम्म ३ पटक विश्वकप क्रिकेटको फाइनल खेलेको छ। जसमध्ये २ मा जित हात पारेको छ। अस्ट्रेलियाले ७ पटक फाइनल खेल्दा ५ पटक उपाधि चुमेको छ।

विश्वकपको फाइनलमा भारत र अस्ट्रेलियाबीच यसअघि १ पटक, सन् २००३ मा प्रतिस्पर्धा भएको थियो। उक्त म्याचमा भारतविरुद्ध १२५ रनको सानदार जित निकाल्दै अस्ट्रेलियाले विश्वकपको उपाधि चुमेको थियो।

images
प्रकाशित मिति :मंसिर ३, २०८० आइतवार - ०९:३०:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology