Logo

बिहिवार, कार्तिक २० गते २०८३

images

सुनको भाउ तोलामा १३ हजार ३०० रुपैयाँ बढ्यो

सुनको भाउ तोलामा १३ हजार ३०० रुपैयाँ बढ्यो

दैनिकी न्यूज

२०, कार्तिक २०८३
सुनको भाउ तोलामा १३ हजार ३०० रुपैयाँ बढ्यो
images

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको भाउ ह्वात्तै बढेको छ । एकैदिन सुनको भाउ प्रतितोला १३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य २६५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २०, २०८३ बिहिवार - १२:३४:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology