Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा पहिलो पटक भव्यताको साथ स्काउट एडभान्स तालिम सम्पन्न

ललितपुरमा पहिलो पटक भव्यताको साथ स्काउट एडभान्स तालिम सम्पन्न

रामहरि कार्की

८, माघ २०७९
ललितपुरमा पहिलो पटक भव्यताको साथ स्काउट एडभान्स तालिम सम्पन्न
images

ललितपुर । नेपाल स्काउट बागमती प्रदेशको संयोजन र स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाको आयोजनामा नेपाल स्काउटको ५१ औं उडव्याज तथा ४४ औं गल्र्स स्काउट एड्भान्स तालिम भव्य रुपमा सम्पन्न भएको छ ।

ललितपुरको गोदावरी नगरपालिका स्थित सेन्ट जेभियर्स स्कूलमा माघ २ गतेदेखि माघ ८ गतेसम्म सञ्चालित तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी थिए । उनले तालिममा सहभागी बागमती प्रदेशका विभिन्न जिल्लाका स्काउटरहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

तालिमका कोर्ष लिडरहरुमा पुरुषतर्फ सत्य नारायण शाही र महिला तर्फ विजयश्वरी अमात्य थिए ।

सहभागी प्रशिक्षार्थीहरुलाई राष्ट्रिय प्रशिक्षकहरुले तालिममा स्काउटिङ्गका विभिन्न विषय वस्तुम तालिम प्रदान गरेका थिए ।

नेपाल स्काउट, बागमती प्रदेशका स्काउट संयोजक शिवराम अर्यालको अध्यक्षतामा भएको तालिमको समापन सत्रका प्रमुख अतिथि लोक बहादुर भण्डारीले स्काउटिङ्ग शिक्षा बालबालिकाको सर्वाङ्गिण विकास र प्राकृतिक विपतको साथी भएको टिप्पणी गरे । स्काउट शिक्षाले विद्यालयतहका बालबालिकाहरुलाई असल नागरिक बनाइ सक्षम व्यक्ति जन्माउने भएकोले स्काउट तालिम आवश्यक रहेको उनले बताए ।

समारोहमा गोदावरी नगरपालिकाका उपप्रमुख मुन अधिकारीले अब हरेक बिधालयमा स्काउटलाई विस्तारमा लागि पर्न आग्रह गरिन । उनले स्काउट व्रिmयाकलापलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धाता व्यक्त गर्दै सहभागीहरुलाई सफलतापुर्वक तालिम सम्पन्न गरेकोमा धन्यबाद व्यक्त गरिन ।

स्काउट एडभान्स तालिम शिक्षाको आवश्यकता भएको बुझेर नै बागमती प्रदेश कार्यालयले तालिमको संयोजन गरिएको बागमती प्रदेशका संयोजक शिवराम अर्यालको जोड रहेको थियो । उनले तालिम सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

७ दिन लामो प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले पनि तालिम निकै प्रभावकारी भएको र नेपाल स्काउटको यो प्रयासले युवाहरूमा सकारात्मक परिवर्तनको संकेत गरिदिएको बताए ।

तालिममा सहभागी सनि शाक्यले प्राप्त तालिमबाट युवामा सकारात्मक सोचको विकास गराउन, सामुहिकतामा काम गर्न नेपाल स्काउटको यो तालिम महत्वपूर्ण भएको बताए ।

ललितपुरमा पहिलो पटक एडभान्स तालिम पहिलो पटक आयोजना गरिएको र सो तालिम भव्य रुपमा सम्पनन्न भएको गोदावरी स्काउटका संयोजक दिपक अर्यालले बताए । सो अवसरमा गोदावरी भेगमा स्काउट अभियान शुरु गर्ने जगदिश्वर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

324739190_851987686232801_3856684954330029318_n.jpg

323540597_485537593773940_6215429351942221733_n.jpg

325477006_5837232776341899_6988198935264476880_n.jpg

324866519_1602134290220382_7750981958444822669_n.jpg

323378171_3455991874629254_1058495172347773919_n.jpg

323357898_910110163315546_4985543932592664175_n.jpg

324158570_898979054624646_4888823254286297085_n.jpg

images
प्रकाशित मिति :माघ ८, २०७९ आइतवार - १३:३२:४९ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology