Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीका लागि दाबी पेस

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीका लागि दाबी पेस

दैनिकी न्यूज

१०, पौष २०७९
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीका लागि दाबी पेस
images

काठमाडौँ । प्रधानमन्त्री बन्नका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन् । माओवादीसहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी सहितको ७ राजनीतिक दलहरुकोको समर्थन पेश गरेका छन् ।

यसअघि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिएकी थिइन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि हालसम्मको सहमति अनुसार १६६ सांसदको समर्थन जुट्ने पक्कापक्की भएको छ ।

images
प्रकाशित मिति :पौष १०, २०७९ आइतवार - १७:३९:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology