काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले निरन्तर अग्रता कायम राखेका छन्। अहिलेसम्म ८ हजार ५४० मत गणना भएको छ।
सत्ता गठबन्धनबाट उम्मेदवार भएका प्रचण्डले अहिलेसम्म ४ हजार ८३२ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले अहिलेसम्म १ हजार ४२४ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले अहिलेसम्म १ हजार १७६ मत ल्याएका छन्। मतगणना जारी छ।