Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उम्मेदवारले आजदेखि चुनावी प्रचारप्रसार गर्न पाउने

उम्मेदवारले आजदेखि चुनावी प्रचारप्रसार गर्न पाउने

दैनिकी न्यूज

१७, कार्तिक २०७९
उम्मेदवारले आजदेखि चुनावी प्रचारप्रसार गर्न पाउने
images

काठमाडौं । राजनीतिक दल र उम्मेदवारले भोलि बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् ।

आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनले प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह पनि गरे ।

प्रचारप्रसारको दोस्रो चरणमा प्रवेशको अघिल्लो दिन बुधवार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले आचारसंहिता नैतिक र कानुनी बन्धन भएकोले यसलाई सबैले पालना गर्नुपर्ने बताए । अहिलेसम्म ७१ व्यक्ति र संस्थालाई सोधिएको स्पष्टीकरणमा जवाफ आउने, तथ्य जुटाउने र अध्ययनको काम भइरहेको र कात्तिक २५ गतेभित्र निर्णयमा पुग्ने उनले बताए ।

यस्तै प्रमुख आयुक्त थपलियाले मङ्सिर ४ गते हुने चुनावका उम्मेदवारले मङ्सिर १९ गतेभित्र खर्च विवरण पेस गरिसक्नुपर्ने भन्दै त्यसको लेखा परीक्षणसमेत गर्ने बताए ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७९ बिहिवार - ०६:४३:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology