Logo

आइतवार, श्रावण २४ गते २०८३

images

वामदेव पनि माओवादीको चिन्हबाट चुनाव लड्ने

वामदेव पनि माओवादीको चिन्हबाट चुनाव लड्ने

दैनिकी न्यूज

३१, श्रावण २०७९
वामदेव पनि माओवादीको चिन्हबाट चुनाव लड्ने
images

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतम २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चिन्ह लिएर उठ्ने भएका छन्।

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

२०७४ को प्रतिनिधि सभा चुनाव बर्दिया–१ बाट हारेका वामदेव पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका थिए।

यता नेसपाका अध्यक्ष डा‍. बाबुराम भट्टराईलाई चुनाव चिन्ह्न दिने सोमबार सहमति भएसँगै आज निर्वाचन आयोगमा दल दर्ताका लागि जाने तयारी थियो।

निर्वाचनको लागि दल दर्ता गर्न आयोगले साउन ३१ गते अर्थात् आजलाई नै अन्तिमदिन तोकेको छ।

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - ११:३२:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology