Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

दैनिकी न्यूज

२३, जेठ २०७९
माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न
images

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार गोदवारी नगरपालिका वडा नं. ११ बज्रबारही स्थित हेरिटेज पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि माओवादी केन्द्र, ललितपुर क्षेत्र नं. १ (प्रदेश ख) ले स्थानीय तह निर्वाचन २०७९ मा माओवादी केन्द्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको हो ।

माओवादीको तर्फबाट निर्वाचित जिल्ला समन्वयन समितिका उपप्रमुख÷गाउँपालिका उपाध्यक्ष, कार्यपालिका सदस्य, वडा अध्यक्षलाई बधाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि दाहाल ललितले आगामी ५ बर्षे कार्यकालमा जनताको पक्षमा रहेर काम गर्न सुझाव दिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि माओवादी केन्द्र ललितपुर जिल्लाका संयोजक शिव प्रसाद कट्टेलले जनताले विश्वासका साथ जनप्रतिनिधि चुनेकाले कसैको पक्ष वा विपक्षमा नभई सम्पूर्ण नागरिकका आवश्यकताको पहिचान गरि सर्वपक्षीय काम गर्नुपर्नेमा अग्रसर बन्न निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य उर्मिला तामाङ, माओवादी केन्द्रका नेता तथा बागमती प्रदेश सभा सदस्य राजकाजी महर्जन, माओवादी केन्द्र बागमती प्रदेश सदस्यहरु राजु आलेमगर, गंगा पराजुली, जिल्ला सचिव दीपक पुलामी मगर, माओवादी वागमती गाउँपालिकाका अध्यक्ष महेन्द्र घिमिरेले शुभकामना ब्यक्त गर्दै चुनावका बेला जनता माझ गरेका प्रतिबद्धता अनुसार काम गर्न सुझाव दिएका थिए ।

स्थानीय तहको निर्वाचनमा ललितपुर क्षेत्र नं. १ (प्रदेश ख) मा ललितपुर जिल्ला समन्वयन उप्रमुखमा रामलाल थिङ, बागमती गाउँपालिकाको उपाध्यक्षमा भक्त बहादुर दर्लामी, वागमती–५ का वडा अध्यक्षमा नवराज तिमल्सिना, गोदावरी–८ वडा अध्यक्षमा शुक बहादुर लामा, बागमती गाउँपालिका कार्यपालिका सदस्यहरु राजु कालिकोटे भिम कुमारी मोक्तान, कोन्ज्योसोम गाउँपालिका सदस्य कविता नगरकोटी, गोदवारी नगरपालिका कार्यपालिका सदस्य विना नगरकोटी, बागमती–४ प्युटार वडा सदस्य, राकेश लामा, वागमती–२ माल्टाका वडा सदस्य रुपमा परियार, चन्द्र भुलुन, वागमती–५ इकुडोलका वडा सदस्य सरिता विक, गोदावरी–८ डुकुछापका वडा सदस्यहरु रुपा परियार, विराज दनुवार, भिष्म धिताल र कोन्ज्योसोम–३ दलचौकीका वडा सदस्य सुदर्शन खवास जनप्रतिनिधि निर्वाचित भएका थिए ।

माओवादी केन्द्रका ललितपुर क्षेत्र १ (प्रदेश ख) का अध्यक्ष बेल बहादुर लुङवाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला समन्वयन समितिका सदस्य कृष्ण बहादुर बलले गरेका थिए ।

285971581_573374477693510_6836167883315924645_n.jpg

285403366_750231572774590_3043271441840163778_n.jpg

285605323_691333612165134_4776718259031684011_n.jpg

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - ०८:०२:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology