Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना, सचेत रहन आग्रह

आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

२२, जेठ २०७९
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । अहिले प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ ।

अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको र त्यसैको प्रभावले देशका सबैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, राति यीनै चार प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

यसैबीच यस वर्षको मनसुनी प्रणाली पनि नजिक आउन थालेको छ । भारतका धेरै ठाउँमा सक्रिय भएको मनसुन नेपालतर्फ सर्ने क्रममा चेन्नेई पार भइसकेको र जुन १० अर्थात जेठ २७ गतेभन्दा अघि नै नेपाल आइपुग्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए । गएको वर्ष जेठ २८ गते मनसुनी प्रणाली नेपाल प्रवेश गरेको थियो।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

images
प्रकाशित मिति :जेठ २२, २०७९ आइतवार - १०:०६:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology