ललितपुर । ललितपुरको दक्षिण भेगमा पर्ने बागमती गाउँपालिकाका उम्मेदवार चुनावी प्रचारप्रसार घरदैलो व्यस्त छन् । यस्तै पालिकाको उपाध्यक्ष उम्मेदवार बनेका भक्तवहादुर दर्लामीले चुनावी प्रचारलाई तीब्रता दिएका छन् । उनी स्थानीयको घरघरमा पुगेको छन् । आफ्नो चुनावी योजनासहित स्थानीयको घरधुरीमा पुगेका उनले आफू निर्वाचित भएपनि पालिकाको शिक्षा, सवास्थ्य, रोजगार, सडक पूर्वाधार जस्ता क्षेत्रमा उल्लेखनीय काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
दलार्मी नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेका हुन् । गठबन्धनको तालमेलपछि पालिकाको उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको हो । त्यस्तै पालिका अध्यक्षमा नेपाली कांग्रेसका वीर वहादुर लोप्चन उम्मेदवार बनेका छन् ।
स्थानीय तहको चुनाव नजिकिँदै गर्दै दुवै उम्मेदवारहरु स्थानीयको घरघरमा पुगेर आफ्ना आगामी चुनावी योजनाका बारेमा जानकारी गराउँदै भोट मागिरहेका छन् । दलार्मीले आफूले यसपटक उपाध्यक्षमा जिते पालिकालाई शिक्षाको हव बनाउने, शिक्षामा सुधार ल्याउने, ग्रामीण जनताको आयस्तरमा सुधार हुने काम गर्ने, पालिकाको स्रोत तथा वित्तीय व्यवस्थापन गर्ने, कृषिलाई प्राथमिकतामा राख्ने, पालिकालाई जिम्मेवार र जवाफदेहि बनाउने, नीति योजना तथा प्रशासनिक सुधार ल्याउने, युवाहरुलाई रोजगार सिर्जना गर्ने लगायत योजना अघि सारेका छन् । उनले पालिका अध्यक्षसँग समन्वय गरी विगत थालनी गरेका योजनालाई पनि पूर्णता दिन लागि पर्ने बताएका छन्् । ‘यस पालिकामा धेरै विकासमा काम गर्नुपर्ने देखिन्छ, यहाँको शिक्षा, स्वास्थ्य र कृषिमा बढी जोड दिने हाम्रो यसपटकको योजना छ,’ उनले भने, ‘यदी चुनावी जितियो भने स्थानीयको दैनिकीमा सुधार ल्याउने गरी काम गर्छौं ।’ उनले अघिल्लोे नेतृत्वले प्रभावकारी भुमिका निभाएको र पालिकाको विकासको रुपरेखा कोरेकोले अव त्यसलाई व्यवस्थित पार्न आफू लागिपर्ने जानकारी दिए । उनले गठबन्धन टिमले चुनाव जिते पालिकालाई कायापलट पार्ने बताए ।
यो गाउँपालिका राजधानी नजिक भएर पनि दुर्गम मानिन्छ । बागमती गाउँपालिकाका वडाहरु मकवानपुरसम्म जोडिएका छन् । यहाँको ग्रामीण जीवनशैली कष्टकर मानिन्छ ।