ललितपुर। ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले उम्मेदवारका रूपमा अघि सारेपछि महर्जनले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले महर्जनलाई ललितपुरकाे मेयरमा दोहोर्याउने निर्णय गरेका थिए।
सत्तारुढ गठबन्धनको भागबन्डाअनुसार ललितपुर महानगरपालिकाको मेयर कांग्रेसको भागमा परेको छ। गठबन्धनबाट उपमेयरमा नेकपा (माओवादी केन्द्र)का बाबुराज बज्राचार्यले उम्मेदवारी दर्ता गराएका छन्।