Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आजदेखि स्थानीय तह निर्वाचनका लागि दल दर्ता खुला

आजदेखि स्थानीय तह निर्वाचनका लागि दल दर्ता खुला

दैनिकी न्यूज

५, फाल्गुण २०७८
आजदेखि स्थानीय तह निर्वाचनका लागि दल दर्ता खुला
images

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशन गरी दल दर्ता गर्न आह्वान गरेको हो। सोही अवधिभित्र राजनीतिक दलका तर्फबाट औपचारिकपत्र प्रदान गर्ने पदाधिकारीको दस्तखत नमुना पठाउन पनि भनिएको छ। ती दुवै कार्यका लागि आयोगको राजनीतिक दल व्यवस्थापन शाखाबाट सहजीकरण हुनेछ।

नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता भएका कुनै पनि दलले तोकिएको निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ।

हाल निर्वाचन आयोगमा १०३ वटा दल दर्ता छन् । ती दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुपर्ने व्यवस्था छ ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - ०८:१५:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology