Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रतिनिधि सभा बैठक २ फागुनसम्म स्थगित

प्रतिनिधि सभा बैठक २ फागुनसम्म स्थगित

दैनिकी न्यूज

२५, माघ २०७८
प्रतिनिधि सभा बैठक २ फागुनसम्म स्थगित
images

काठमाडौं । सरकारको आग्रहमा बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक स्थगित गरिएको हो ।

संसद् सचिवालय स्रोतका अनुसार बैठक आगामी फागुन २ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ।

संसद् सचिवालयले भोलिको बैठको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बस्ने तयारी हुँदा बैठक सारेको हो । भोलिका लागि सार्वजनिक सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता समावेश भएको थिएन ।

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो।

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - २१:१०:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology