Logo

सोमवार, श्रावण २५ गते २०८३

images

हराएको २४ लाख कोरोना खोप खोज्न ५ सदस्यीय छानविन समिति गठन

हराएको २४ लाख कोरोना खोप खोज्न ५ सदस्यीय छानविन समिति गठन

दैनिकी न्यूज

१६, माघ २०७८
हराएको २४ लाख कोरोना खोप खोज्न ५ सदस्यीय छानविन समिति गठन
images

काठमाडौं । हराएको भनिएको २४ लाख डोज खोजी गर्न सरकारले छानविन समिति गठन गरेको छ। कोरोना महामारी तीव्र रूपमा बढिरहँदा मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो । उक्त खबर बाहिरिएपछि सरकारको चर्को आलोचना भएको थियो। मन्त्रालयले यसबारे एकीन जवाफ दिन नसकिरहेका बेला छानविन समिति नै बनाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानविनका लागि ५ सदस्यीय समिति बनाएको हो।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा उक्त छानविन समिति गठन भएको हो।

समितिले दुई हप्तामा प्रतिवेदन दिने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिएकी छन्।

images
प्रकाशित मिति :माघ १६, २०७८ आइतवार - १९:५५:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology