Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

वैद्यखाना आफैँ ‘बिरामी’

वैद्यखाना आफैँ ‘बिरामी’

दैनिकी न्यूज

१५, माघ २०७८
वैद्यखाना आफैँ ‘बिरामी’
images

नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र वितरणमा करिब चार सय वर्षको इतिहास रहेको वैद्यखाना यतिबेला आफैँ बिरामी अवस्थामा छ ।

कुनै समय १८५ प्रकारका आयुर्वेद औषधि उत्पादन गर्ने वैद्यखाना यतिबेला जेनतेन ३५ थरीका औषधि उत्पादन गरिरहेको छ । त्यसमाथि सिंहदरबार वैद्यखानाका बिक्री कक्ष कार्यालय समयमा मात्र खुल्ने हुनाले उपभोक्ताहरू मारमा परेका छन् । जसका कारण उपभोक्ताहरू निजी क्षेत्रबाट उत्पादन गरिएका आयुर्वेदिक औषधि महँगोमा खरिद गर्न बाध्य छन् । बिक्री कक्षका वैद्य आदित्य ठाकुरका अनुसार, मानव जीवनका लागि महत्वपूर्ण र बजारमा बढी माग भएको औषधिकै उत्पादन रोकिएको छ । कोभिड–१९ महामारीका बेला शिलाजित, त्रिफला चूर्ण, तुलसी चिया, अश्वगन्धा चूर्ण, अश्वगन्धारिष्ट र च्यवनप्राशको माग उच्च छ । यद्यपि यिनै औषधि वैद्यखानाको बिक्री कक्षमा छैन ।

वैद्य ठाकुरले भने, 'च्यवनप्राशको उत्पादन बन्द भएको थियो । पुस पहिलो सातादेखि मात्रै साधारण किसिमको च्यवनप्राशको बिक्री सुरु भएको छ । माग धेरै हुने सुगर फ्री र उत्कृष्ट गुण‚तरका च्यवनप्राशको उत्पादन रोकिएको दुई वर्ष हुन लाग्यो ।'

images
प्रकाशित मिति :माघ १५, २०७८ शनिवार - ०९:१३:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology