Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मन्त्रीकी छोरीको विवाहमा हजारौं पाहुना

मन्त्रीकी छोरीको विवाहमा हजारौं पाहुना

दैनिकी न्यूज

१५, माघ २०७८
मन्त्रीकी छोरीको विवाहमा हजारौं पाहुना
images

कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ। तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन्। सरकारकै स्वास्थ्य मापदण्डको उल्लंघन गरे। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले छोरी मेघाको विवाह बिहीबार रौतहट निवासी रोमन साहसँग गरिदिएका हुन्। उक्त विवाहमा कुनै स्वास्थ्य मापदण्ड कायम थिएन। पाँच हजारभन्दा बढीलाई भेला गरेर भोजसहितको विवाह मन्त्री साहले आयोजना गरे।


जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि गत माघ २ गते सूचना जारी गर्दै बैठक, सभा समारोहमा रोक लगाएको थियो। तर, विवाहको स्वयंवरमा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र पनि उपस्थित भए। स्वयंवरपछिको भोजमा मुख्यमन्त्री लालबाबु राउत सहभागी भए ।

सभामुख सरोजकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद यादव र भौतिक पूर्वधारमन्त्री रामसरोज यादव पनि त्यहाँ थिए। खचाखच भीडमा पुगेर संघीय सरकारका पूर्वमन्त्री मातृका यादव र रामेश्वर राय यादवले प्रशासनले जारी गरेको सूचनाको बर्खिलाप गरे। प्रदेशस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरू पनि नियम उल्लंघनको साक्षी बने। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

images
प्रकाशित मिति :माघ १५, २०७८ शनिवार - ०८:१६:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology