Logo

सोमवार, श्रावण २५ गते २०८३

images

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

दैनिकी न्यूज

२८, पौष २०७८
निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो
images

काठमाण्डौ । निर्वाचन आयोगले शुक्रवार (पुस २९ गते) का लागि सर्वदलीय बैठक बोलाएको छ ।

माघ १२ गते राष्ट्रिय सभा चुनावसँगै पालिका र प्रतिनिधि सभाको चुनाव र मतदाता नामावली अद्यावधिकबारेमा छलफल गर्न शुक्रवार बिहान ११ बजेका लागि बैठक बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

पालिका, प्रदेश तथा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १७ दललाई बैठकमा बोलाइएको प्रवक्ता पौडेलले बताए । छलफलमा पालिकाको मिति घोषणाबारेमा छलफल हुने उनको भनाइ छ ।

आउँदो वैशाखमा पालिकाका जनप्रतिनिधिहरूको समय अवधि सकिने भएकाले त्यसअघि चुनाव गर्न आयोगले दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ ।

राष्ट्रिय सभामा रिक्त १९ जना सदस्यको निर्वाचनमा आगामी माघ १२ गते हुँदैछ । हाल आयोगले उक्त निर्वाचन सम्बन्धी आचार संहिता लागू गरेको छ । यस्तै स्थानीय तहको पदाधिकारीको पदावधि २०७९ जेठ ५ गते सकिँदैछ । स्थानीय तह निर्वाचन ऐन अनुसार पदावधि सकिनुभन्दा २ महिनाअघि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । संविधानमा भने पदावधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

images
प्रकाशित मिति :पौष २८, २०७८ बुधवार - १८:२२:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology