Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फूलचोकीमा हिउँ पर्यो

फूलचोकीमा हिउँ पर्यो

देवीदत्त पौडेल

१४, पौष २०७८
फूलचोकीमा हिउँ पर्यो
images

ललितपुर । मंगलबार रातिदेखि राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएको छ ।

पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो ।

snow-1.jpg

वर्षासँगै ललितपुरको फूलचोकीमा हिउँ परेको छ । मंगलबार रातीदेखि परेको वर्षा र त्यसपछि बढेको चिसोसँगै ललितपुरको फूलचोकीमा हिउँ परेको हो । फूलचोकीमा हिउँ परेसँगै हिउँ खेल्न जानेको लर्को लागेको महानगरीय प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक सुजित कुमार ओझाले दैनिकीन्युजलाई बताए ।

snow-2.jpg

यस्तै यसैबीच राजधानीको चन्द्रागिरीसहित काठमाडौं आसपास, मकवानपुरको उत्तरी क्षेत्र थाहा नगर क्षेत्रको केही भागमा हिमपात भएको छ । दामन र सिम भञ्ज्याङमा पनि हिमपात भएको छ ।

हिमपातले त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

snow-3.jpg

images
प्रकाशित मिति :पौष १४, २०७८ बुधवार - ११:४३:१५ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology