Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

दैनिकी न्यूज

९, पौष २०७८
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडामा सुरू भएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो।

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो ।

पुस ११ गतेबाट सुरु हुने सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेश गर्ने बताउँदै आएका छन् ।

माओवादी केन्द्रले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस गर्ने तयारी गरेको छ। यसको लागि राष्ट्रिय सम्मेलनका प्रतिनिधिहरुलाई २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ।

प्रथम राष्ट्रिय सम्मेलनमा प्रस्ताव हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदनका बारेमा छलफल गर्नका लागि २५ वटा समूह बनाएर दुई दिनसम्म छलफल चलाउने गरी गृहकार्य गरिरहेको हो।

माओवादीको राष्ट्रिय सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७, मनोनीत हुने ७३ जनासहित १ हजार ५३३ जना प्रतिनिधिले सहभागिता जनाउँदैछन्।

images
प्रकाशित मिति :पौष ९, २०७८ शुक्रवार - १०:११:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology