Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रतिनिधिसभाको बैठक आज बस्दै, पाँच अध्यादेश पेश हुने

प्रतिनिधिसभाको बैठक आज बस्दै, पाँच अध्यादेश पेश हुने

दैनिकी न्यूज

२८, मंसिर २०७८
प्रतिनिधिसभाको बैठक आज बस्दै, पाँच अध्यादेश पेश हुने
images

काठमाडौं । मंगलबारदेखि सुरु हुने सङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश–२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश–२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ पेश गर्ने छन् ।

त्यस्तै, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - ०७:५२:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology