Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारी दर्ता

रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारी दर्ता

दैनिकी न्यूज

१३, मंसिर २०७८
रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारी दर्ता
images

चितवन । चितवनमा जारी नेकपा (एमाले) को १० औं महाधिवेशनमा भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन्।

सोमबार बिहान ८ बजेबाट सुरू भएको मनोनयमा रावलले पार्टीको आगामी नेतृत्वका लागि आफ्नो उम्मदेवारी दर्ता गराएका हुन्।

रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन्।

केन्द्रीय निर्वाचन समितिले उम्मेद्‍वारी दर्ताको समय बिहान साढे ९ बजेसम्म तोकेको छ ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्ने भन्दै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बन्दसत्रमा नामावली प्रस्तुत गरी अनुमोदन गराएका थिए।

एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था छ।

images
प्रकाशित मिति :मंसिर १३, २०७८ सोमवार - १०:०३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology