काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक एमालेको १०औँ महाधिवेशनको ३ दिन अघि स्थायी कमिटी बस्न लागेको हो ।
बैठकले महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।