Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादीको भोलि शनिबार देशैभर एकैपटक वडा अधिवेशन

माओवादीको भोलि शनिबार देशैभर एकैपटक वडा अधिवेशन

दैनिकी न्यूज

३, मंसिर २०७८
माओवादीको भोलि शनिबार देशैभर एकैपटक वडा अधिवेशन
images

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि शनिबार देशभर वडा सम्मेलन गर्दैछ । प्रवक्ता कृष्णबहादुर महराका अनुसार 

पार्टीले वडा सम्मेलनको सबै तयारी पूरा गरेको छ । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ नाराका साथ माओवादीले वडा सम्मेलन गर्न लागेको बताइएको छ । समाजवादको यात्रा पूरा गर्न जनस्तरदेखि नै परिवर्तन आवश्यक रहेको जारी विज्ञप्तिमा बताइएको छ । साथै सकेसम्म सर्वसम्मत रुपमा समिति चयन गर्न पनि विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।  

पार्टीको मुख्य आधार भनेको तल्लो तहमा रहेर काम गरिरहनुभएका आम नेता, कार्यकर्ता र जनसमुदाय हुनुहुन्छ । समाजवादको यात्रा तय गर्न जनताको तहदेखि नै परिवर्तन हुन जरुरी छ,' शुक्रबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यस्तै वडा सम्मेलनको क्रममा विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर समाजवादी क्रान्तिको यात्रामा लाग्न आम समुदायलाई विज्ञप्तिमार्फत् आग्रह गरिएको छ । ‍आगामी मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा माओवादी केन्द्रले नेतृत्व चयनका लागि सम्मेलन गर्ने जनाएको छ । यस्तै पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ ।

images
प्रकाशित मिति :मंसिर ३, २०७८ शुक्रवार - २३:००:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology