Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सरकार बिस्तार, माधव नेपालका दुई जना थपिए मन्त्री

सरकार बिस्तार, माधव नेपालका दुई जना थपिए मन्त्री

दैनिकी न्यूज

१, आश्विन २०७८
सरकार बिस्तार, माधव नेपालका दुई जना थपिए मन्त्री
images

धनगढी । सुदुरपश्चिम सरकार बिस्तार भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)  का सांसदहरु तारा लामा तामाङ  र माया तामाङ बोहरा शुक्रबार मन्त्री नियुक्त भएका हुन् । तारा लामा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् भने सोही मन्त्रालयको राज्यमन्त्रीमा माया नियुक्त भएकी छिन् । दुवै जनालाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री र राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनीहरुलाई साँझ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका हुन् । राज्यमन्त्री बोहरालाई भने मुख्यमन्त्री भट्टले शपथ गराएको छन् । नेकपा एमाले विभाजन हुनुअघि तारा लामा तामाङ माधव नेपाल समूहमै थिए । राज्यमन्त्री नियुक्त बोहरा भने सुरुदेखि नै केपी ओली समूहमा थिइन् । समाजवादी पार्टी गठन हुने बेला अन्तिम समयमा बोहराले पनि एमाले छाडेकी थिइन् । त्यसअघि आर्थिक मामिला तथा योजनामन्त्री रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले एमालेमै रहने निर्णय गरेपछि पदबाट राजीनामा दिएका थिए । सुदूरपश्चिममा हाल नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी सहितको सुंयुक्त सरकार छ । ५२ जना कुल सदस्य रहेको प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको आवश्यकता पर्दछ । समाजवादीका १४ र  नेकपा माओवादी केन्द्रका १३ जनाले सो प्रदेशमा बहुमतको सरकार बनेको हो । 

images
प्रकाशित मिति :आश्विन १, २०७८ शुक्रवार - २१:०८:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology