Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रको प्रवक्तामा महरा, शर्माले पाए संगठन प्रमुखको जिम्मेवारी

माओवादी केन्द्रको प्रवक्तामा महरा, शर्माले पाए संगठन प्रमुखको जिम्मेवारी

दैनिकी न्यूज

९, भाद्र २०७८
माओवादी केन्द्रको प्रवक्तामा महरा, शर्माले पाए संगठन प्रमुखको जिम्मेवारी
images

काठमाडौं । सर्वोच्च अदालतले पुर्ववत अवस्थामा फर्काइदिएको नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाट गरेको छ । मंगलबार टुंगो लगाएको नेताहरूको जिम्मेवारी अनुसार संगठन विभागको महत्वपूर्ण जिम्मेवारी जनार्दन शर्माले पाएका छन् । उनी गठबन्धन सरकारमा अर्थमन्त्री छन् । यस्तै माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महरालाईले पाएका छन् । यसअघि प्रवक्ताको भुमिका नारायणकाजी श्रेष्ठले निभाएका थिए । काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सहइञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरु तोकेको छ । पार्टीको स्कुल विभाग इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं र प्रमुखमा गिरिराजमणि पोखरेल छन् । प्रवक्ता महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ । प्रदेश १ को इञ्चार्ज सुरेन्द्र कार्की -राम कार्की), प्रदेश २ को इञ्चार्ज गणेश शाह, बागमती प्रदेशको इञ्चार्ज हितमान शाक्य बनेका छन् । यस्तै गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल ‘बलदेव’, कर्णाली प्रदेश इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टलाई बनाइएको छ । वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इञ्चार्ज बनाइएको छ । केन्द्रीय कार्यालयको सचिवमा श्रीराम ढकाल यथावत छन् । मातृका यादव उपभोक्ता हित तथा आपूर्ति विभाग, हरिबोल गजुरेल कृषि तथा भूमिसुधार विभाग, देव गुरुङ संघीय संसदीय विभाग प्रमुख र लिलामणि पोखरेलले जलस्रोत सिंचाइ तथा ऊर्जा विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । युवा तथा खेलकुद विभाग प्रमुख गणेशमान पुन, राजकीय मामला तथा सुशासन विभाग प्रमुख रेखा शर्मा र खानेपानी तथा सरसफाइ विभाग प्रमुख विना मगरलाई बनाइएको छ । लिलामणि पोखरेलले विशेष समिति इञ्चार्ज, डिलाराम आचार्यले सम्पर्क समन्वय समिति इञ्चार्ज र नारायणकाजी श्रेष्ठले प्रवास समिति इञ्चार्जको जिम्मेवारी पाएका छन् । वाइसिएल नेपालको इञ्चार्ज र युवा विशेष जिल्ला समिति इञ्चार्जको जिम्मेवारी रामप्रसाद सापकोटा (दीपशिखा)ले पाएका छन् ।

images
प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - १०:१३:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology