Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

कुलमानको नियुक्ति रोक्न परेको रिटमा यस्तो दियो सर्वोच्चले आदेश

कुलमानको नियुक्ति रोक्न परेको रिटमा यस्तो दियो सर्वोच्चले आदेश

दैनिकी न्यूज

८, भाद्र २०७८
कुलमानको नियुक्ति रोक्न परेको रिटमा  यस्तो दियो सर्वोच्चले आदेश
images

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति रोक्न परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । घिसिङलाई  नियुक्त गरेकोमा असन्तुष्ट पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिएको रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । शाक्यले आफूलाई कार्यकारी निर्देशकका रुपमा नै काम गर्न दिन माग गर्दै साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानन्यायाधीशले उनलाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गर्दै घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, प्राधिकरणको सञ्चालक समितिको बैठकको निर्णय र शाक्य र प्राधिकरणबीचमा भएको सम्झौताको सक्कल फाइल ३ दिनभित्र झिकाउन आदेश दिएको छ । शाक्यले आफू बिदामा बसेको बेला कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई संविधान र कानुन विपरीत नियुक्त गरेकाले त्यससम्बन्धी सबै काम बदरको माग गर्दै रिट निवेदन दर्ता गराएका थिए ।

images
प्रकाशित मिति :भाद्र ८, २०७८ मंगलवार - २१:२७:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology