Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

वागमती प्रदेशको मुख्यमन्त्री कसरी बनिन शाक्य ? खोलिन रहस्य

वागमती प्रदेशको मुख्यमन्त्री कसरी बनिन शाक्य ? खोलिन रहस्य

दैनिकी न्यूज

५, भाद्र २०७८
वागमती प्रदेशको मुख्यमन्त्री कसरी बनिन शाक्य ? खोलिन रहस्य
images

काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको बताएकी छन् । एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बाहिर प्रचार भएजस्तो नेता नेपाललाई धोका नदिएको दाबी गरिन । अध्यक्ष ओली र नेता नेपाल दुबैको समर्थन रहेकोले बाहिर गलत प्रचार गरेर पार्टी एकतालाई कमजोर बनाउने काम भएको गुनासो उनले गरिन । ‘म मुख्यमन्त्री हुनुमा दुवै नेताहरुको साथ छ । सहमति छ । अनि बाहिर बाहिर कुरा आउँछ, अष्ट त के–के भयो, के–के भनेर,' उनले भनिन्,'लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नु भयो, यो गलत कुरा हो । गलत सन्देश दिने काम नगरी दिनुहोस् ।' मुख्यमन्त्री शाक्यले एमालेले मात्रै मुलुकलाई अघि बढाउन सक्ने भएकाले यो पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प नरहेको पनि बताइन् । आफू पार्टी एकताको पक्षमा रहेको उनले बताइन् । उनले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै एमाले एकजुट भएरअघि बढने विश्वास समेत व्यक्त गरिन् । 'हामी एकताको पक्षमा छौं । मलाई दृढ विश्वास छ–केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढनेछ । त्यसका लागि १० बुँदे प्रस्तावलाई उच्च मूल्यांकन गरेर अगाडि बढाउन हाम्रो नेतृत्वले मन फराकिलो बनाएर नेकपा एमालेलाई बलियो बनाउन चाहन्छु भन्नु भयो भने स्थिति उथलपुथल हुन्छ,' उनले भनिन् ।

images
प्रकाशित मिति :भाद्र ५, २०७८ शनिवार - २२:१६:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology