काठमाडौं । बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले आजै दलको नेताबाट राजीनामा दिएका छन् ।
पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । प्रस्तावमा एमालेले दलको नेतामा एमाले नेत्री शाक्यलाई सर्वसम्मत चयन गरेको हो ।
बागमती प्रदेशको मुख्यमन्त्रीका रुपमा शाक्यले आज राति ९ बजे सपथ ग्रहण गर्ने भएकी छन्।
एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन्।
नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन्।