Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

दैनिकी न्यूज

१२, श्रावण २०७८
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
images

काठमाडौं । आज पनि संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने भएको हो।

आजको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने कार्यतालिका छ।

यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६–०७७ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यस्तै शोक प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको बताइएको छ। दोस्रो पटक पुनर्स्थापना भएपछि बस्न लागेको यो तेस्रो बैठक हो। यस अघि साउन ३ गते पहिलो बैठक बसेको थियो। सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका थिए ।

images
प्रकाशित मिति :श्रावण १२, २०७८ मंगलवार - ०९:५१:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology