काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। नेता रावलले सभामुख अग्निप्रसाद सापकोटालाई सिंहदरबारस्थित संसद सचिवालयमा भेटेर राजीनामा फिर्ता लिएका हुन्।
नेकपा एमालेका सांसद भीम रावलले राजीनामा फिर्ता लिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारीदिएका हुन ।
रावलले साउन ३ गते संघीय सांसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि सांसद पदबाट राजीनामा घोषणा गरेका थिए।