Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रको स्थायी समितिले गर्‍यो यस्तो निर्णय

माओवादी केन्द्रको स्थायी समितिले गर्‍यो यस्तो निर्णय

दैनिकी न्यूज

६, श्रावण २०७८
माओवादी केन्द्रको स्थायी समितिले गर्‍यो यस्तो निर्णय
images

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई प्रभावकारी सञ्चालन गर्नछिट्टै न्यूनतम साझा कार्यक्रम ल्याउन आह्वान गरेको छ ।  

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले न्यूनतम साझा कार्यक्रम वा प्राथमिकताका कार्यक्रमहरु तुरुन्तै तय गर्न सत्ता गठबन्धनलाई आह्वान गरेको हो । आह्वानसँगै माओवादी केन्द्रले न्यूनतम साझा कार्यक्रम तय गर्न पार्टीकोतर्फबाट नेता देव गुरुङ र वर्षमान पुनलाई निर्देशन दिएको छ । ‘गठबन्धनको सरकार न्यूनतम साझा कार्यक्रममार्फत अगाडि बढ्नुपर्ने भएकाले गठबन्धनमा सम्मिलित पार्टीहरु भएर न्यूनतम साझा कार्यक्रम वा प्राथमिकताका कार्यक्रमहरु तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको छ । त्यसै अनुसार कार्यदलका सदस्यहरुलाई निर्देशन दिइएको छ,’ नेता नारायणकाजी श्रेष्ठले भने ।  

उनका अनुसार गठबन्धनका शीर्ष नेताबीच न्यूनतम साझा कार्यक्रमको गृहकार्य गर्ने समझदारी भएको छ । यद्यपी औपचारिक रुपमा कार्यदल गठन भने भएको छैन । बैठकमा मन्त्रिपरिषद्मा पठाउने नामबारे छलफल नभएपनि सरकारले छिट्टै पूर्णता पाउने उनले बताए । ‘गठबन्धनका सबै दल र समर्थन गरेका सांसदहरूसँग छलफल भइरहेको छ। सकेसम्म सबै पार्टीबाट प्रतिनिधित्व हुने गरी सरकारलाई पूर्णता दिन उपयु्क्त हुन्छ । त्यसकारण गठबन्धनका सबै शक्तिहरूसँग छलफल गरेर सरकारलाई पूर्णता दिने निर्णय गर्छौं,’ श्रेष्ठले भने ।

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - २२:२०:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology