काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक बसेको छ ।
बुधबार दिउँसो माओवादी केन्द्रको बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो।
आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट पठाउने नामका विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।
सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनस्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । अर्को दिन असार २९ मा प्रधानमन्त्रीसँगै कांग्रेस र माओवादीका दुई–दुई सांसदले शपथ लिएका छन् ।
हाल पाँच सदस्यीय मन्त्रिपरिषद्लाई तत्काल विस्तार गर्ने प्रधानमन्त्री देउवाको योजना छ । तर, सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबन्डा मिलेको छैन भने दलहरुभित्रै पनि आकांक्षी धेरै रहेकाले शीर्ष नेता दबाबमा छन् ।