Logo

आइतवार, श्रावण २४ गते २०८३

images

१४ जनप्रतिनिधिलाई माओवादी केन्द्रले पार्टी छोडेको भन्दै गर्यो कारबाही

१४ जनप्रतिनिधिलाई माओवादी केन्द्रले पार्टी छोडेको भन्दै गर्यो कारबाही

दैनिकी न्यूज

७, आषाढ २०७८
१४ जनप्रतिनिधिलाई माओवादी केन्द्रले पार्टी छोडेको भन्दै गर्यो कारबाही
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुलाई कारबाही गरेको छ।

सोमबार बसेको सो पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो। निष्कासन गरिएको पत्र आजै निर्वाचन आयोगलाई बुझाउने माओवादी केन्द्रले जनाएको छ।

सबैभन्दा बढी रौतहटबाट ७ जना कारबाहीमा परेका छन् । यस्तै कैलालीबाट ४ जना कारबाहीमा परेका छन् भने सिरहा, महोत्तरी र ओखलढुंगाबाट १÷१ जना कारबाहीमा परेका छन् ।

को-को परे कारबाहीमा ?

रिनाकुमार साह, प्रमुखः मौलापुर नगरपालिका, रौतहट

सियाराम कुशवाहा, प्रमुखः कटहरिया नगरपालिका, रौतहट

परनिया देवी, उपप्रमुखः देवाही गोनाही नगरपालिका, रौतहट

गौरीशंकर जयसवाल, उपप्रमुखः मौलापुर नरपालिका, रौतहट

कान्ती देवी, उपप्रमुखः फतुवाविजयपुर नगरपालिका, रौतहट

सीमलाल साह, उपप्रमुखः माधवनारायण नगरपालिका, रौतहट

गीतादेवी शाह, उपप्रमुखः युमनामाई गाउँपालिका, रौतहट

सतमीलाल दास ताती, सदस्यः लहान नगरपालिका, सिरह

शेष फारुक, अध्यक्षः सम्सी गाउँपालिका, महोत्तरी

छाया देवकोटा, उपप्रमुखः भजनी नगरपालिका, कैलाली

भागिरथी विष्ट, वडाध्यक्षः गौरीगंगा नगरपालिका ४, कैलाली

शर्मानन्द भट्ट, वडाध्यक्षः गोदावरी नगरपालिका १, कैलाली

पुरन विसी, वडाध्यक्षः बर्दगोरिया नगरपालिका ४, कैलाली

सुरेश कुमार थापा, वडाध्यक्षः चम्पादेवी गाउँपालिका १, ओखलढुंगा

images
प्रकाशित मिति :आषाढ ७, २०७८ सोमवार - १५:१३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology