Logo

सोमवार, श्रावण २५ गते २०८३

images

संसद विघटनविरुद्धका सबै मुद्दा संवैधानिक इजलासमा

संसद विघटनविरुद्धका सबै मुद्दा संवैधानिक इजलासमा

दैनिकी न्यूज

१३, जेठ २०७८
संसद विघटनविरुद्धका सबै मुद्दा संवैधानिक इजलासमा
images

काठमाडौं । संसद विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासमा पठाइने भएको छ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्। संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता भइसकेका छन्।

राणाले संवैधानिक इजलासमा पठाएका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ।

अब ती सबै ३० वटा मुद्दाको सुनुवाइ भोलि शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ।

images
प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - १४:१३:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology