Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज बागमती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनको मतदान

आज बागमती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनको मतदान

दैनिकी न्यूज

६, जेठ २०७८
आज बागमती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनको मतदान
images

काठमाडौं । आज वागतमी प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ । हेटौँडामा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा नेकपा (एमाले) का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिएका छन ।

माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । नेकपा एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि माधव नेपाल र झलनाथ खनाल पक्षले उम्मेद्वारी दर्ताका बेला देवकोटालाई समर्थन गरेको थियो ।

यो उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायतका कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - ०७:०४:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology