Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अबदेखि ५० हजारभन्दा कम रकम बैंकमा जम्मा गर्न नपाइने

अबदेखि ५० हजारभन्दा कम रकम बैंकमा जम्मा गर्न नपाइने

दैनिकी न्यूज

३१, बैशाख २०७८
अबदेखि ५० हजारभन्दा कम रकम बैंकमा जम्मा गर्न नपाइने
images

काठमाण्डौ । निषेधाज्ञा अवधिमा बैंकमा ५० हजार रुपैयाँभन्दा कम रकम जम्मा गर्न नपाइने भएको छ । नेपाल बैंकर्स सङ्घले बिहीबार विज्ञप्ति निकालेर भिडभाड कम गर्नका लागि ५० हजार रुपैयाँभन्दा कम रकम निक्षेप नलिने जानकारी दिएको छ ।

थोरै रकम जम्मा गर्नका लागि बैंकमा भिड हुने गरेको भन्दै यस्तो निर्णय भएको सङ्घले जनाएको छ । बैंकर्स सङ्घले सकभर विद्युतीय कारोबार गर्न पनि ग्राहकलाई अनुरोध गरेको छ ।

यस्तै डिम्याट खाता खोल्ने काम पनि तत्कालका लागि रोकिएको सङ्घले जनाएको छ । यो निर्णय निषेधाज्ञा अवधिभरका लागि मात्रै भएको बैंकर्स सङ्घले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - ०६:२७:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology