Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रधानमन्त्री ओलीले दिए संसद विघटन गर्ने चेतावनी !

प्रधानमन्त्री ओलीले दिए संसद विघटन गर्ने चेतावनी !

दैनिकी न्यूज

३, चैत्र २०७७
प्रधानमन्त्री ओलीले दिए संसद विघटन गर्ने चेतावनी !
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद् राम्रोसँग सञ्चालन नभएमा संसद् विघटन गरेर निर्वाचनमा जानु पर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको मंगलबारको सर्वदलीय बैठकमा आफ्ना धारणा राख्दै ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको भन्दै बचाउ गर्ने कोसिस गरेका थिए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन घोषणा बदर गर्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो । सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने कुरा उठाए । 'प्रधानमन्त्रीले बोल्ने क्रममा सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो, सांसद सुवालले भने । सुवालका अनुसार प्रतिनिधिसभा विघटन गरेर चुनाव जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा पनि प्रधानमन्त्रीले असन्तुष्टि जनाएका थिए । 'चुनाव प्रतिगमन कसरी हुन्छ ? अबको डेढ वर्षमा स्थानीय तहको चुनाव हुन्छ र दुई वर्षमा संघ र प्रतिनिधिसभाको हुन्छ, त्यस्तो अवस्थामा चुनाव कसरी प्रतिगमन हुन्छ ? भनेर प्रश्न गर्नुभएको थियो,' सुवालले भने । दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएको सुवालले बताए । 'राष्ट्रपतिले मैले त संविधानको अक्षर अनुसार सरकारकाले गरेको सिफारिस कार्यान्वयन गर्ने हो, आफ्नो निर्णय गरेको होइन । संविधानको मैले संरक्षण गरेको हो । त्यसमा अन्य ढंगले बुझ्नु आवश्यक छैन भन्नुभयो ।'

images
प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - २०:४२:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology