काठमाडौं । निर्वाचन आयोगले केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युिनस्ट पार्टी (ने क पा) निर्वाचन आयोगले खारेज गरेको छ । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको विज्ञप्ति मार्फत जनाएको हो । दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जानकारी दिने पनि आयोगले जनाएको छ । यस्तै,आयोगले सर्वोच्चको फैसला बमोजिम अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको पनि ओली र प्रचण्डलाई जानकारी दिने भएको छ । सर्वोच्च अदालतले फागुन २३ गते ऋषि कट्टेलको नाममा रहेको नेकपालाई मान्यता दिएर ओली-प्रचण्ड अध्यक्ष रहेको नेकपालाई बदर गरिदिएको थियो ।