Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सर्वोच्च फैसलाको असर, संसद बैठकमा काङ्ग्रेसको अवरोध

सर्वोच्च फैसलाको असर, संसद बैठकमा काङ्ग्रेसको अवरोध

दैनिकी न्यूज

२३, फाल्गुण २०७७
सर्वोच्च फैसलाको असर, संसद बैठकमा काङ्ग्रेसको अवरोध
images

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक २६ गते दिउँसो १ बजे बस्‍ने संसद् सचिवालयले सूचनामार्फत जनाएको छ । पुन:स्थापनापछि आइतबारका लागि डाकिएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको भन्दै कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह, जसपाका नेताहरुले सदनमा नाराबाजी गरेका थिए । कांग्रेसको विरोधका बीच अध्यादेश पेस गरिएको थियो । तर दाहाल नेपाल समूहका सांसदहरु भने त्यसअघि नै बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - २१:४०:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology