Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ओली-प्रचण्डको नेकपा खारेज, जेठ २ मै फर्कियो दल

ओली-प्रचण्डको नेकपा खारेज, जेठ २ मै फर्कियो दल

दैनिकी न्यूज

२३, फाल्गुण २०७७
ओली-प्रचण्डको नेकपा खारेज, जेठ २ मै फर्कियो दल
images

काठमाडौं । सर्वोच्च अदालतले ऋषिराम कट्टेलले दर्ता गरेको नेपाल कम्युनिस्ट पार्टीलाई मान्यता दिएको छ । आइतबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेलको नाममा रहेको नेकपालाई मान्यता दिएर केपी ओली- प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज गरेको हो । दुई खेमामा रहेको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को अस्तित्व रहन नसक्ने भन्दै त्यसअघिका नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अस्तित्व कायम रहने भनी फैसला गरेको छ । राजनीतिक विषयवस्तुमा प्रवेश गरी अदालतले गरेको यो फैसलासँग हाल सत्ताबाहिर रहेका एमाले पृष्ठभूमिका नेकपाका नेताहरु एमालेका सांसदको रुपमा रहनेछन् भने हाल सत्तारुढ खेमामा रहेका माओवादी केन्द्रका सांसदहरु माओवादी केन्द्रको सांसदको रुपमा रहनेछन् । सर्वोच्च अदालतको यो फैसलाले हालको राजनीतिक परिस्थितिलाई थप जटिल बनाएको छ । सर्वोच्चले दुई दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नाम दर्ता गर्ने निर्णय बदर भएपछि निर्वाचन आयोगमा नेकपा एमाले र माओवादी केन्द्र भनी फरक फरक रुपमा रहेका दलहरुको अस्तित्व ब्युँझिएको भन्दै एकीकरण गर्ने भए यथाशीघ्र निर्णय गर्नु भनी आदेश गरेको हो ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - २१:२४:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology