Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपालमा आइतबारदेखि कोरोनाको दोस्रो चरण, साढे तीन लाख डोज भ्याक्सिन थपियो

नेपालमा आइतबारदेखि कोरोनाको दोस्रो चरण, साढे तीन लाख डोज भ्याक्सिन थपियो

दैनिकी न्यूज

२२, फाल्गुण २०७७
नेपालमा आइतबारदेखि कोरोनाको दोस्रो चरण, साढे तीन लाख डोज भ्याक्सिन थपियो
images

काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने भएको छ । शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणमा आइतबार कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिएका हुन् । साथै आइतबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर दोस्रो चरणको अभियानको सुरु गर्ने पनि मन्त्री त्रिपाठीले जानकारी दिए । कोभ्याक्स सुविधाअन्तर्गत आइतबार आउने कोरोना खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - १५:३१:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology