Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

अनिश्चित समयका लागि बागमती प्रदेश सभा बैठक स्थगित

अनिश्चित समयका लागि बागमती प्रदेश सभा बैठक स्थगित

दैनिकी न्यूज

५, फाल्गुण २०७७
अनिश्चित समयका लागि बागमती प्रदेश सभा बैठक स्थगित
images

हेटौंडा । बागमती प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । आज बुधबार बस्ने तय भएको बैठक बिहानै सूचना टाँसेर स्थगित गरिएको हो । प्रदेशसभा बैठक आज २ बजेका लागि बोलाइएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध गत माघ ९ गते टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट दलगत छलफल शुरू गर्ने तयारी थियो । तर ‘विशेष कारण’ भन्दै अन्तिम समयमा बैठक स्थगित गरिएको सूचना टासिंएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काद्वारा जारी सूचनामा अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित भएको उल्लेख छ । यसअघि पनि माघ १९ गते २ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - १२:४३:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology