Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ओलीबिरुद्व प्रचण्ड- नेपाल झन आक्रामक !

ओलीबिरुद्व प्रचण्ड- नेपाल झन आक्रामक !

दैनिकी न्यूज

२, फाल्गुण २०७७
ओलीबिरुद्व प्रचण्ड- नेपाल झन आक्रामक !
images

काठमाडौं । प्रचण्ड –नेपाल नेतृत्वको नेकपाले प्रतिनिधि सभा विघटन गर्ने कदम विरुद्ध चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । यसअघि काठमाडौंमा केन्द्रित आन्दोलनका कार्यक्रम गरेको दाहाल–नेपाल समूले चौथौं चरणका कार्यक्रम प्रदेश र जिल्ला स्तरीय केन्द्रित छन् । संघर्ष समितिका अनुसार फागुन ५ देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको आयोजनामा जिल्लाहरुमा जिल्ला स्तरीय विरोध प्रदर्शन, फागुन ६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लोसहितको विरोध कार्यक्रम रहेको छ । फागुन ७ गते देशव्यापीरुपमा सबै पालिकाका वडा स्तरीय विरोध कार्यक्रम, फागुन ७ देखि १५ सम्म सार्वजनिक स्थलमा हस्ताक्षरको कार्यक्रम रहेको छ । यो समूहले फागुन ८ गते काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने भएको छ । फागुन ९ गते प्रतिगमन, महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरुको विरोध, फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरुमा दलित मोर्चाको तर्फबाट विरोध, फागुन ११ गते मधेशी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्रलगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध गर्ने भएको छ । फागुन १२ गते चितवन, फागुन २१ गते दाङ र जनकपुर, नेपालगञ्जलगायतका सहरहरुमा विरोध प्रदर्शन हुने भएको छ । फागुन १४ गते काठमाडौंमा युवा र्‌याली र फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम गर्ने संघर्ष समितिले बताएको छ । यो समूहले तेस्रो चरणको आन्दोलन अन्तर्गत माघ २८ गते काठमाडौंमा प्रदर्शन तथा विरोध सभा गरेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - १७:५८:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology