Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाबिच विवाद चुलियो

सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाबिच विवाद चुलियो

दैनिकी न्यूज

१९, माघ २०७७
सभामुख  सापकोटा र अध्यक्ष  तिमिल्सिनाबिच विवाद चुलियो
images

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि पठाएका सिफारिस सभामुखले फिर्ता गरेकोबारे आपत्ति र असहमति जनाएका छन् । सोमबार संसद् सचिवालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष तिमिल्सिनाले आफू समेत सहभागी भई निर्णय भएको संवैधानिक परिषदका सिफारिसहरु विधिसम्मत ढंगले संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराइएको बताएका हुन् ।सभामुख अग्निप्रसाद सापकोटाले आइतबार परिषद्का कागजात सक्कलै फिर्ता पठाइदिएका थिए । अध्यक्ष तिमिल्सिनाले अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात संघीय संसद्को दुवै सदनको सम्पत्ति भएको बताए । उनले भने,'संसदीय सुनुवाइसम्बन्धी पत्र फिर्ता सम्बन्धी गलत प्रक्रियामा संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा संलग्न नरहेको जानकारी गराउँछु ।'

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - १७:४७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology