काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई दिने निर्णय गरेको छ ।
आइतबार बसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्त र पदाधिकारी सहितको बैठकले नेकपा विभाजन नभएको निर्णय गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार विवरण हेरफेर, संशोधन, परिवर्तन हुन सक्ने नदेखिएको हो ।
साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्षलाई दिने निर्णय भएको उनले बताए । अब नेकपाको आगामी भविश्य थप अन्योलग्रस्त बनेको छ । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले आफुसंग बहुमत रहेको दाबी गर्दै आयोगमा सो विवरण बुझाएको थियो ।