Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सरकारी कर्मचारीको मिलेमतोमा रावतको जग्गा अर्कैको नाममा पास

सरकारी कर्मचारीको मिलेमतोमा रावतको जग्गा अर्कैको नाममा पास

दैनिकी न्यूज

१, माघ २०७७
सरकारी कर्मचारीको मिलेमतोमा रावतको जग्गा अर्कैको नाममा पास
images

सुर्खेत । सुर्खेतमा एक व्यक्तिको जग्गा अर्कैको नाममा पास गरिएको पाइएको छ । कर्मचारीको मिलेमतोमा व्यक्तिको जग्गा बेचिएको पाइएको हो । वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिइ अर्काको नाममा पास गरिएको खुलासा भएको छ । रावतको वीरेन्द्रनगर–८, शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा उनलाई थाहै नदिइ अरुको नाममा पास गरिदिएको पाइएको हो । उनको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिलाई बेचेको तथ्य प्रकाशमा आएको छ । यद्यपि, रावतसँग पुरै ६ कठ्ठा जग्गा भएको लालपुर्जा सुरक्षित छ । जिल्ला मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप सावद र पूर्वतिर घर बताउने सन्तोष ठाकुरको मिलेमतोमा रावतको जग्गा अरुलाई बेचेको आरोप लागेको छ । आरोपित सावदलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको जनाएको छ । उनलाई बुधबार साँझ नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १४:२०:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology